onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सनराईजर्स हैदराबादको शानदार जित

बैशाख ८, अनलाईन खेलखबर || ईण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको  ३८औ खेलमा कोलकाता नाइट राइडर्स विरुद्ध सनराइजर्स हैदराबाद ९ विकेट ले बिजय भएको छ।


हैदराबादले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। खेलमा कोलकाताले दिएको १ सय ६० रनको सामान्य लक्ष्य पछ्याउदै जवाफी ब्याटिङका लागि उत्रिएको हैदराबाद टिमका डेभिड वार्नर र जोह्नी बेयरस्टो बिच पहिलो विकेटका लागि १३१ रनको साझेदारि भएपछी टिमका लागि जित निकाल्न सहज भएको हो। हैदराबादका लागि जोह्नी बेयरस्टोले सर्वाधिक ८० र डेभिड वार्नरले ६७ रनको योगदान दिएका थिए। बलिङ तर्फ कोलकाताका लागि पृथ्वी राजले डेभिड वार्नरको बिकेट लिएका थिए।

कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ५१ रनको अर्ध-सतकिय पारी खेलेका थिए। पहिलो २ ओभरमा धुवादार ब्याटिङ गरेका सुनिल नारायण ८ बलमा २५ रन बनाउदै खलिल अहमदको बलमा बोल्ड आउट हुन पुगेका थिए। कोलकाताका लागि रिंकू सिंहले ३० रनको योगदान दिएका थिए भने अन्य खेलाडीहरुले राम्रो प्रदर्सन गर्न सकेनन। बलिङ तर्फ हैदराबादका लागि ३ विकेट लिदै खलिल अहमद म्यान अफ द म्याच घोषित भ​एका हुन साथै भुवनेश्वर कुमारले २, राशिद खान र सन्दिप शर्माले १/१ विकेट लिएका थिए। पहिलो २ ओभरमा ४० रन बनाएको कोलकाता माथी हैदराबादका बलरले खेलमा राम्रो वापसी गरेका थिए।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *