
युरोपियन ओपन टेनिसको उपाधि ब्रिटिश खेलाडी एन्डी मर्रेलाई
एजेन्सी । युरोपियन ओपन टेनिसको उपाधि ब्रिटिश खेलाडी एन्डी मर्रेले उचालेका छ्न ।
आइतबार भएको फाइनलमा स्विस खेलाडी स्टान वावरिन्कालाई पराजित गर्दै मर्रेले उपाधि आफ्नो नाममा लेखाउन सफल भएका हुन ।
उनले वावरिन्कालाई ३-६,६-४ र ६-४ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन ।
जनवरिमा चोटमुक्त हुँदै कोर्टमा फर्किएका मर्रेले २ बर्ष भन्दा बढी समयपछि उपाधि उचालेका छ्न ।
जितपछि निकै भावुक बनेका उनले यसलाई आफ्नो सबैभन्दा ठुलो जितको रुपमा चित्रण गरेका छ्न ।