onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बीसीसीआईको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली चयन

एजेन्सी | पूर्व भारतीय कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्षमा अनौपचारिक रुपमा चयन भएका छ्न ।

नयाँ कार्यकालका लागि उम्मेदवारी दिने सोमबार अन्तिम दिन रहेको अवस्थामा गांगुलीले मात्र अध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेपछी निर्बिरोध अध्यक्षको नजिक पुगेका छ्न ।

भारतीय सन्चारमाध्यमका अनुसार विश्व क्रिकेटको सबैभन्दा ठूलो तथा धनराशीको बीसीसीआईलाई सम्हान पहिलोपटक गांगुली आउँने पक्का भएको हो ।

तर यसअघि नयाँ अध्यक्षका दौडमा गांगुली एक्ला भने थिएनन जसमा पूर्व क्रिकेटर बृजेश पटेल पनि सामेल रहेका थिए । तर पटेल अन्तिम समयमा पछि हटेका छ्न ।

बिज्ञापन

यस्तै अहिले भारतीय सरकारको नेतृत्व गरिरहेको बीजेपी अध्यक्ष तथा गृहमन्त्री समेत रहेका अमित शाहका पुत्र जय शाहलाई भारतीय क्रिकेट कंट्रोल बोर्डको सचिव पदमा नियुक्त गर्न आन्तरिक तयारी भईरहेको बुझिएको छ ।

भारतीय क्रिकेटमा ठूलो योगदान पुर्याएका गांगुलि अहिले क्रिकेट असोसिएशन अफ बंगाल (सीएबी) लाई सम्हाल्दै आएका छ्न । र अब उनले बिसिसीआईलाई करिब एक बर्ष सम्हाने छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *