आईसीसीद्रारा जिम्बाबे क्रिकेटलाई निलम्बन : जिम्बाबेले टी -ट्वान्टी विश्वकप छनोट गुमाउने खतरा
साउन ३ , अनलाईन खेलखबर ।। अन्तराष्टिय क्रिकेट परिषद ( आईसीसी )ले टेस्ट राष्ट जिम्बाब्वे क्रिकेट बोर्डलाई तत्कालका लागि निलम्बन गरेको छ ।
आईसीसीको वार्षिक बैठकको सर्वसम्मति निर्णय साथ जिम्बाबेलाई सुशासन बिपरित काम गरेको भन्दै निलम्बन गरेको हो । बिगत केहि समय देखि जिम्बाब्वे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भईरहेको थियो । आईसीसीले क्रिकेटमा कुनै राजनीतिक हस्तक्षेप भएको मान्य गर्दैन ।
निलम्बनसँगै अब आईसीसीले जिम्बाबे क्रिकेटलाई कुनै आर्थिक सहयोग गर्ने छैन । भने आईसीसीका प्रतियोगिताबाट बन्चित हुने कठोर निर्णय गरेको छ । जसमा विश्वकप टी -ट्वान्टी छनोटमा जिम्बाबेको सहभागिता खतरामा परेको छ ।
यसबारेमा आईसीसी अध्यक्ष शशांक मनोहर भन्छन ” हामी कुनै पनि सदस्यलाई निलम्बन गर्ने क्रमलाई हल्का रुपमा लिएका हुँदैनौ । तर हामी हाम्रो खेललाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन चाहन्छौ ।
“जिम्बाब्वेमा जे भयो सोही आईसीसीको संविधानको गम्भीर उल्लंघन हो । र त्यसमा आईसीसीले चाहन्छ आईसीसीको संविधान अनुसार ज़िम्बाब्वे क्रिकेट चलोस् । ”
हालै जिम्बाबे सरकार अन्तर्गत रहेको खेल एवंम मनोरन्जन आयोगले जिम्बाब्वे क्रिकेटको संवैधानिक नियम उल्लघंन गरेको भन्दै निलम्बन समेत गरेको थियो ।
सन् १९९२ मा टेस्ट राष्टको मान्यता प्राप्त गरेको जिम्बाबे क्रिकेट पछिल्लो समय खस्कदो क्रममा समेत रहेको थियो । कुनै बेला ठुला र बलिया टिमलाई हराउने क्षमता राख्ने जिम्बाबेले पछिल्लो समय त्यो गति देखाउन सकिरहेको थिएन ।