पूर्व क्रिकेटर गौतम गम्भीर लोकसभा चुनावमा विजयी

पूर्व क्रिकेटर गौतम गम्भीर लोकसभा चुनावमा विजयी

जेठ ९ , अनलाईन खेलखबर ।। भारतीय क्रिकेटका सफल क्रिकेटर गौतम गम्भिर लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीबाट पुर्बी दिल्लीबाट निर्बाचित हुन् सफल भएका छन ।

क्रिकेटको माध्यमबाट देशको नाम चम्काएका गौतमले अब भने जनताको सेवामा आफ्नो जीवन समर्पित गर्नेछन । उनले चुनावमा निकट्तम प्रतिद्वन्द्वी आइएनसीका अरभिन्द सिंह लभ्लीलाई ठुलो अन्तरले पराजित गरेका हुन् ।

गौतमले ३ लाख १० हजार ८६ मतका साथ विजयी बने भने उनका निकट्तम् प्रतिद्वन्द्वी अरभिन्दले १ लाख ५३ हजार २ सय ७९ मत प्राप्त गरेका थिए ।

गौतम गंभीर आफ्नो राष्ट्रवादी छविका प्रष्ट देखिन्छन । उनको छविलाई देखेरनै बीजेपीले उनलाई चुनाबका लागि टिकट दिएको थियो । जसमा गौतम पूर्ण सफल रुपमा क्रिकेटमाझै राजनीति जीवनमा पनि सुरुवात दमदार गरेका छन ।

सन् २००३ मा बंगलादेश बिरुद्दको खेलबाट भारतीय क्रिकेटमा सुरुवात गरेका गौतमले खेलाडीको रुपमा सन् २०१८ मा क्रिकेट खेलबाट टाढा भएका हुन् । उनले टेस्टमा ५८ खेलवाट ४१५४ रन बनाएका छन । जसमा ९ सतक , १ डबल सतक र २२ अर्धसतक जोडिएको छ ।

भने एकदिवसीयमा १४७ खेलबाट ५२३८ रन बनाएका सफल भए । जसमा ११ सतक र ३४ अर्धसतक सामेल रहेको छ । भने टि ट्वान्टीमा उनले ३७ खेलबाट ९३२ रन बनाएका थिए ।

मुख्यत उनको क्रिकेट करियरमा सन् २००७ को टि – ट्वान्टी विश्वकपको भारतको जितमा उनको ठुलो भूमिका रहेको थियो । भने सन् २०११ मा भएको एकदिवसीय विश्वकपमा टिमको जितमा उनले शानदार प्रदशन गरेका थिए । टिमलाई उपाधि उचाल्न फाईनलमा उनले ९७ रनको योगदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *