आईसीसी महिला टि – ट्वान्टी बिश्वकप को उपाधी अस्टेलिया लाई
मङ्सिर ९ , अनलाईन खेलखबर | वेस्ट ईन्डिज मा सम्पन्न आईसीसी महिला टि – ट्वान्टी बिश्वकप को उपाधी अस्टेलिया ले उचालेको छ ।
आज भएको फाईनल खेल मा ईङ्ल्यान्ड लाई ८ बिकेट ले पराजित गर्दै अस्टेलिया चौथो पटक च्याम्पियन बनेको हो ।
सर विवियन रिचर्ड्स स्टेडियम मा भएको फाईनल खेल मा ईङ्ल्यान्ड ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । ईङ्ल्यान्ड ले पहिले ब्याटिङ गर्ने क्रम मा १९.४ ओवर मा अलआउट हुँदै १ सय ५ रन मात्र जोडन सफल भयो ।
ईङ्ल्यान्ड का लागि डयानियल वाईत ले सर्बाधिक ४३ रनको पारी खेलिन , ३७ बलको सामना गरिकी उनले ५ चौका र १ छ्क्का समेत प्रहार गरिन , यस्तै हिथर केनाईट को २५ रन पनि ईङ्ल्यान्ड को पारी को सम्झिन लायक पारी थियो । यी दुई बाहेक अन्य ब्याट्सवुमेन चल्न नसकेपछी टिम कम स्कोरमै रोकिएको थियो ।
बलिग तर्फ अस्टेलिया का लागि असलिह ग्याडनर ले ३ , जियोजिया वारहव ले २ र मेगन ले पनि २ बिकेट लिईन ।
यसपछि १ सय ६ रनको झिनो लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गरेको अस्टेलिया ले उक्त बिजयी लक्ष्य १५.१ ओवर मा मात्र २ बिकेट गुमाएर भेटायो । अस्टेलिया लाई च्याम्पियन बनाउन एलसा हेलि ले २२ रन , व्रेथ मोनि ले १४ रन र असलिह ग्याडनर ले अबिजित ३३ रन साथै मेग ले अबिजित रह्दै २८ रनको पारी खेल्दै टिमलाई च्याम्पियन बनाए ।
बलिग तर्फ ईङ्ल्यान्ड कि सोफि र ड्यानियल ले समान १/१ बिकेट लिन सफल भईन ।
यो सहित गरेर अस्ट्रेलिया महिला टिमले चौथौ पटक टि – ट्वान्टी बिश्वकप जितेको हो ।