आयरल्यान्ड लाई हराउदै भाग्यमानी टिम  अफगानिस्तान बिश्वकप मा छ्नोट

आयरल्यान्ड लाई हराउदै भाग्यमानी टिम अफगानिस्तान बिश्वकप मा छ्नोट

चैत्र ९ , अनलाईन खेलखबर || सन २०१९ मा ईङल्यान्ड मा हुने एकदिवसीय बिश्वकप मा आयरल्यान्ड लाई ५ विकेट ले पराजित गर्दै अफगानिस्तान छनोट भएको छ ।

२ सय १० रनको लक्ष्य पछयाएको अफगानिस्तान ले उक्त लक्ष्य ४९.१ ओवर मा ५ विकेट गुमाएर भेटायो । र आयरल्यान्डका माथी रोमाञ्चक खेल मा जित आत्मसात गरेको छ । अफगानिस्तान को जित मा मोहम्मद साहजाद ले अर्थसतकिय पारि खेलेका थिए उनले ५0 बलमा ५४ रन बनाएका थिए । यस्तै गुलबदिन नाईब ले ४५ रनको योगदान गरेका थिए । भने कप्तान अस्गर स्तानजाई ले अबिजित ३९ रन बनाएका थिए भने समिउल्ला शेनवारि ले २७ रनको पारि खेले साथै नाजिबुल्ला जार्दान ले।अबिजित १७ रन को योगदान टिम लाई गरेका थिए ।

बलिङ तर्फ आयरल्यान्डका लागि सिमि सिँह ले सर्बाधिक ३ विकेट् लिएका थिए ।

यसअगि सुपर सिक्स को बिश्वकप प्रबेश गराउने निकै महत्त्वपूर्ण खेल हरारे क्रीकेट स्पोर्ट्स क्लब को मैदान जिम्बाबे मा पहिले टस जितेर आयरल्यान्ड ले ब्याटिङ गर्ने निर्णय गरेको थियोे

पहिले ब्याटिङ गरेको आयरल्यान्ड ले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । जसमा पाउल स्टेलिङ ले अर्थसतकिय पारी खेल उनले ८७ बल को सामना गर्दै ५५ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । यस्तै केभिन ले ४१ रन बनाउदा निएल ले ३६ रन बनाएका थिए ।ब्यस्तै कप्तान विलियम पोटरफिल्ड ले २० रन बनाएका थिए भने सिमि सिहँ ले १५ रन बनाए यस्तै ग्यारी विलसन , एन्डि म्याकबेरिन र ब्यारी ले समान ११/११ रन को योगदान दिएका थिए ।

बलिङ तर्फ भने अफगानिस्तान का राशिद खान ले सर्बाधीक ३ विकेट लिएका थिए । भने दवलत जार्दान ले २ बिकेट लिए भने मोहम्मद नाबी ले १ विकेट लिएका थिए ।

यो जित सगै अफगानिस्तान बिश्वकप मा छ्नोट हुने भाग्यमानी टिम हुन पुगेको छ । बल्ल बल्ल सुपर सिक्स पुगेको जसमा नेपाल ले हङकङ लाई हराएर त्यो सम्भव भएको थियो यता सुपर सिक्स मा बिहीवार युएई ले जिम्बाबे लाई हराए पछि अफगानिस्तान को भाग्य चम्किएको हो । जिम्बाबे माथी युएई को सनसनी जित ले आज को खेलको बिजेता टिम ले बिश्वकप मा छ्नोट हुने बाटो खुलेको हो । र अफगानिस्तान ले आयरल्यान्ड माथी जित निकाल्दै बिश्वकप मा छ्नोट हुन पुगेको छ । भने यस अगी नै वेस्टईन्डिज ले बिश्वकप पक्का गरिसकेको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *