बिश्वकप छनोट : स्कटल्याण्ड लाई हराउदै वेस्टईन्डिज बिश्वकप का लागि छनोट

बिश्वकप छनोट : स्कटल्याण्ड लाई हराउदै वेस्टईन्डिज बिश्वकप का लागि छनोट

चैत्र ७ , अनलाईन खेलखबर || जिम्बाबे मा जारी आईसीसी एकदिवसीय बिश्वकप छनोट प्रतियोगिता को सुपर सिक्स मा आज भएको खेलमा स्कटल्याण्ड लाई पराजित गर्दै वेस्टईन्डिज बिश्वकप का लागि छनोट भएको छ ।

बर्षा ले प्रभावित खेलमा डकवर्थ लुईस नियम अनुसार वेस्ट ईन्डिज ले स्कटल्याण्ड लाई ५ रन ले पराजित गरेको हो । यो जित सगैं सन २०१९ मा हुने बिश्वकप मा छ्नोट हुन सफल भएको छ ।

हरारे स्थित क्रीकेट मैदान मा पहिले ब्याटिङ गरेको क्यारिबियन टिम ४८ .४ ओवर मा १ सय ९८ रन बनाएर अलआउट हुन पुगेको थियो । १ सय ९८ रनको लक्ष्य पछ्याउन्दै गर्दा ३३ ओवर सम्म ५ विकेट गुमाएर १ सय २५ रन बनाएर खेल्दै थियो तब पानी पर्न थाल्यो त्यस पछी पानी नरोकिए पछि खेल हुन सकेन र वेस्ट ईन्डिज लाई बिजयी घोषित गरिएको थियो ।

स्कटल्याण्ड का कप्तान ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए । कृश गेल र शाई होप लाई शून्य रन मा आउट गरेर स्कटल्याण्ड का बलर ले सुरुवाती अबस्थामा राम्रो गरेका थिए । यसपछि एविन लेबिस ले ६६ रन यस्तै मार्लन सैमुएल्स ले ५१ रन को योगदान टिम लाई गरेका थिए । जुन तेस्रो बिकेट का लागि १२१ रनको साझेदारी रहेको थियो यो साझेदारी पछि मध्य क्रम का ब्याटसम्यान क्रेग ब्रेथवेट ले २४ रन बनाएका थिए यस पछि अन्य कुनै ब्याटसम्यान ले उल्लेख्य योगदान दिन सकेनन लगातार बिकेट पतन हुँदै ४८.४ ओवर मा १ सय ९८ रन बनाएर अलआउट हुन पुगेको थियो ।

यता बिजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड को पनि सुरुवात भने राम्रो हुन सकेको थिएन । टिम को २५ रन हुदा ३ विकेट गुमाईसकेको थियो यसपछि मैक्लियाड ले २१ रन र और बेरिगटन ले ३३ रन बनाएर टिम लाई ६७ रन सम्म पुराएका थिए ।यसपछि जार्ज मुनसे ले ३२ रन बनाए स्कटल्याण्ड ले जित को उमिद लाई जिबित राखेको थियो यसै बिच स्कटल्याण्ड का लागि दुर्भाग्य ३५.२ ओवर मा ५ विकेट गुमाएर १ सय २५ रन जोडेको अवस्था मा जित का लागि १४.४ ओवर मा मात्र ७४ रन चाहिएको थियो र ५ विकेट हात मा थियो तर त्यतिबेला नै बर्षा हुन थाल्यो , र पछि बर्षा रोकिएन जसका कारण डकवर्थ लुईस नियम अनुसार नतिजा वेस्ट ईन्डिज लाई सुम्पिनु परेको थियो ।

पराजित सगै २०१९ मा हुने बिश्वकप मा दुर्भाग्यपूर्ण स्कटल्याण्ड प्रबेश पाउँन सकेन र छ्नोट प्रतियोगिता बाटै बाहिरिन बाध्य भएको छ । यो जित सगैं वेस्ट ईन्डिज बिश्वकप मा छ्नोट हुँदै बिश्वकप छनोटप्रतियोगिता को फाईनल पनि प्रबेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *