onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बिश्वकप सुरु हुन लाग्दै गर्दा मेस्सी को सबैभन्दा ठूलो खुलासा

७ चैत, अनलाईन खेलखबर । जुन १४ देखि रुस मा हुन गैरहेको बिश्वकप हुनु भन्दा पहिले स्टार फुटबलर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

फुटबल करियर मा हालसम्म का निकै सफल खेलाडी मेस्सि , क्लब स्तरिय खेल हरु मा उनी जति सफल छ्न देशका लागि त्यति सफल नभएको भनिन्छ , मेस्सि का नाम मा फुटबल का अनेकौं रेकर्ड हरु दर्ता भएका छ्न ।

बार्सिलोना का स्टाईगर मेस्सि ले अहिले सम्म बिश्वकप टिम जित्न सकेका छैनन , यस अर्थ यसपालि रुस मा हुने बिश्वकप मेस्सी का लागि पनि निकै महत्त्वपूर्ण रहेको छ ।

मेस्सी ले एक अर्जेन्टिनी टेलिभिजन लाई दिएको एक अन्तर्बार्ता मा उनले भनेका छ्न ” हामी लाई लाग्छ यदि रुस मा बिश्वकप जितेनौ भने हामी हरु ले टोलि छोडनु पर्छ यस्तै मेरो चाहाना छ अर्जेन्टिना लाई बिश्वकप जिताउने “र ब्राजिल मा भएको बिश्वकप जस्तै पुन रुस मा दोर्याउने उनले थप भनेका थिए ।

विश्वकप खेल्ने अर्जेन्टिनी टोलीमा गोन्जालो हिगुइन, सर्जिओ एग्युरा, डिबालासँगै मेस्सी रहेको टिम अनुमान गरिएको छ ।

बार्सिलोनाका स्ट्राइकर मेस्सीले अझैसम्म विश्वकप जित्न नसकेको हुदा , उनका फ्यान हरु मा केही अपुरो भएको हो कि जस्तोलाग्ने गर्छ र केही ले यहि बिषय माथी आलोचना समेत मेस्सि लाई गर्ने गरेको पाईन्छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए । तर पछि उनले आफ्नो टिम को बिशेष आग्रह पछि सन्यास फिर्ता लिएका थिए ।

यस अर्थ मा पनि बुझ्न सकिन्छ , अर्जेन्टिना र ब्यक्तिगत मेस्सी का लागि पनि यो बिश्वकप कति महत्व छ ।

अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । पछिल्लो सन २०१४ मा ब्राजिल मा भएको बिश्वकप मा मेस्सी ले आफ्नो टिम लाई फाईनल सम्म त पुर्याएका थिए तर फाईनल मा जर्मनी सगँ हार ब्यहोर्दै उपाधी जित्न असफल भएका थिए । यसैले यो पटक पनि अर्जेन्टिना लाई उपाधि को दाबेदार टोलि को रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्