
आयरल्यान्ड लाई ५२ रनले हराउदै भारत महिला टि -ट्वान्टी बिश्वकप को सेमिफाइनल प्रबेश
कार्तिक ३० , अनलाईन खेलखबर || वेस्ट ईन्डिज मा जारी आईसीसी महिला टि -ट्वान्टी बिश्वकप अन्तर्गत आयरल्यान्ड लाई ५२ रनले पराजित गर्दै भारत बिश्वकप को सेमिफाइनल पुगेको छ ।
आफुले खेलेका ३ खेल मा लगातार जित निकाल्दै भारत बिश्वकप को तेस्रो पटक सेमिफाइनल पुग्न सफल भएको छ । यता आयरल्यान्ड लगातार तीन खेल मा हार ब्यहोर्दै प्रतियोगिता बाटै बाहिरिएको छ ।
बिहीवार राती प्रोबिडन रंगशाला ,गयाना मा भएको खेल मा टस हारेर पहिले भारत ले ब्याटिङ गरेको थियो । जसअनुरुप निर्धारित २० ओवर पुरै खेल्दै ६ बिकेट गुमाएर भारत ले १ सय ४५ रनको योगफल खडा गर्यो ।
भारत का लागि मिताली राज अर्धशतकिय पारी ५१ रनको पारी खेलिन । यो उनको जारी बिश्वकप मा दोस्रो अर्धसतक हो । यस्तै भारत का लागि स्मृति मन्धाना ले ३३ रनको योगदान गरिकि थिईन ।
बलिग तर्फ आयरल्यान्ड कि किम गार्थ ले।सर्बाधिक २ बिकेट लिईन ।
यसपछि १४६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गर्न उत्रिएको आयरल्यान्ड निर्धारित २० ओवर भित्र ८ बिकेट गुमाएर ९३ रन मा समिटिए पछि भारत ले खेल जितेको हो ।आयरल्यान्ड का लागि इसोबेल जॉस ले सर्बाधिक ३३ रन र कार्ल सिलिङ्टोन ले २३ रन बनाउन बाहेक अन्य ब्याट्सउमेन ले दोहोरो अंक जोडन असफल भए पछि टिम निराश हुन पुगेको हो ।
अब भारत ले यसअघि नै लगातार ३ खेल मा जित निकाल्दै सेमिफाइनल पुगिसकेको अस्टेलिया सगँ समूह चरण को अन्तिम खेल मा भोलि सनिवार प्रतिस्पर्धा गर्नेछ । जसले समूह को बिजेता तथा उपबिजेता को निर्धारण गर्नेछ ।