onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आईसीसी महिला टि -ट्वान्टी बिश्वकप : आज भारत ले आयरल्यान्ड सगँ भिडने

कार्तिक २९ , अनलाईन खेलखवर || वेस्ट ईन्डिज मा जारी महिला टि -ट्वान्टी बिश्वकप अन्तर्गत आज भारत र आयरल्यान्ड भिडदै छन ।

यसअघि का का दुई खेल मा भारत ले लगातार जित निकाल्दा आयरल्यान्ड ले लगातार दुई खेल मा हार ब्यहोरेको छ ।

टि-ट्वान्टी मा पहिलो पटक आमने सामने यी दुई टिम बिच भने एकदिवसीय मा १३ पटक भेट भएको छ । जसमा १२ जित भारत ले निकालेको छ भने एक खेल रद्द हुन पुगेको छ ।

भखरै टेस्ट मान्यता पाएको आयरल्यान्ड भारत को तुलनामा निकै कमजोर देखिएको छ । जारी प्रतियोगिता मा समूह “बि” मा भारत दोस्रो स्थान मा छ भने समूह को पुछार मा आयरल्यान्ड रहेको छ । सुरुवाती ३ खेल मा जित निकाल्दै अस्टेलिया भने समूह “बि” बाट सेमिफाइनल पुगिसकेको छ ।

यदि आजहुने खेल मा भारत ले आयरल्यान्ड बिरुद्ध जित निकाले मा सिदैँ सेमिफाइनल प्रबेश गर्नेछ ।

जारि प्रतियोगिता मा भारत ले कप्तान हरमनप्रीत कौर को शतकिय पारि को मद्दत मा प्रतियोगिता को बलियो मानिएको न्युजिल्यान्ड विरुद्ध ३४ रनले बिजयी भएको थियो यस्तै दोस्रो खेल मा पाकिस्तान लाई ७ बिकेट ले पराजित गरेको थियो ।

यता आयरल्यान्ड को प्रतियोगिता को दोस्रो चरण पुग्ने सम्भावना भने निकै न्यून रहेको छ । लगातार दुई खेल मा हार ब्यहोरेको हुँदा त्यो सम्भावना कठिन बनेको हो । तर आयरल्यान्ड टिम लाई भारत ले सजिलो रुपमा पक्कै लिने छैन किनभन्दा आयरल्यान्ड निकै जुझारुपन ले भरिएको टिम मानिन्छ । यसअर्थ मा भारत ले सोही अनुरुप रणनीति तय गर्दै आयरल्यान्ड विरुद्ध मैदान उत्रिने छ ।

खेल आज राती नेपाली समय अनुसार पौने ९ बजे पछि हुनेछ । जसको स्टार स्पोर्ट्स- १ ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

भारत र आयरल्यान्ड टिम

भारत : हरमनप्रीत कौर (कप्तान), स्मृति मंधाना, मिताली राज, जेमिमा रोड्रिग्ज, वेदा कृष्णमूर्ति, दीप्ति शर्मा, तानिया भाटिया, पूनम यादव, राधा यादव, अनुजा पाटिल, एकता बिष्ट, दयालन हेमलता, मानसी जोशी, पूजा वस्त्राकर र अरुंधति रेड्डी ।

आयरल्यान्ड : लॉरा डेलानी (कप्तान), किम गैरथ, सिसिलिया जॉयसी, इसोबेल जोयसी, शायुना कवानाघ, एमी केनेली, गैबी लेविस, लॉरा मार्टिज, सियारा मेटक्लाफ, लूसी ओरिली, सेलेस्टे रॉक, इमियर रिचर्डसन, क्लेयर शिलिंगटन, रेबेका स्टॉकेल र मैरी वाल्डरोन ।

.

LEAVE A RESPONSE

Your email address will not be published.