नेदरल्यान्ड ले हंगकंग सामु औशत लक्ष्य पेश : नेदरल्याण्ड जितेमा नेपाल ले एकदिवसीय मान्यता पाउने
चैत्र १ , अनलाईन खेलखबर | जिम्बाबे मा जारी आईसीसी बिश्वकप छनोट प्रतियोगिता को अर्को प्ले अफ मा अहिले नेदरल्यान्ड र हङकङ बिच जारी रहेको छ ।
क्वेक्वे क्रीकेट मैदान मा जारी खेल मा पहिले टस जितेर नेदरल्यान्ड ले पहिले ब्याटिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड ले औशत प्रदंशन गर्दै ४८.२ ओवर मा अलआउट हुदै मात्र १ सय ७४ रन बनाएको छ ।
रन बनाउने क्रममा नेदरल्यान्ड का लागि एम्पि ओ दोव्ड ले ६२ रनको महत्त्वपूर्ण पारी खेले यस्तै बोरेन ले ३१ रन बनाउदा लिडे ले २९ रनको ईनिगं खेलेका थिए भने अन्य कुनै ब्याटसम्यान ले उल्लेख्य प्रदशन गर्न असफल रहेका थिए ।
अब १ सय ७५ रनको लक्ष्य हङकङ ले केहि बेर मा पछ्याउने छ ।
फोटो फाईल
यता नेपाल् ले एकदिवसीय मान्यता पाउँन नेदरल्यान्ड ले यो खेल जितेको हुनु पर्ने छ , नेदरल्यान्ड ले यो खेल जितेमा नेपाल ले पपुवा न्युगिनी लाई हरायो भने सिदै एकदिवसीय मान्यता पाउने छ । यता अहिले नेपाल र पपुवा न्युगिनी को खेल मा नेपाल जित नजिक रहेको हुदा यो खेल बाट नेदरल्यान्ड ले जितेको हुनु पर्नेछ नेपाल लाई एकदिवसीय मान्यता दिलाउन , यदि यो खेल मा हङकङ बिजयी हुन्छ भने नेपाल ले पुन अर्को प्ले अफ हङकङ सगँ खेल्नु पर्ने हुन्छ ।
यहाँ नेदरल्यान्ड ले हारे पनि जितेपनी उसलाई कुनै अर्थ छैन किनकि नेदरल्यान्ड विश्व क्रीकेट लिगँ को च्याम्पियन टिम हुँदा यस अगि नै एकदिवसीय मान्यता प्राप्त गरिसकेको छ तर नेपाल र हङकङ मा कस्लाई एकदिवसीय पुर्याउने भन्ने मा नेदरल्यान्ड को ठूलो भुमिका यहाँ रहेको छ