ईन्डोनेसिया ले गर्यो एसियन गेम्स को भब्य उद्घाटन समारोह ( फोटोफिचर सहित )
भदौ २ , अनलाईन खेलखबर || प्रत्येक ४ बर्ष को अन्तराल मा हुने एसियन खेलकुद को कुम्भमेला एसियन गेम्स को १८ औं संस्करण ईन्डोनेसिया मा आज बाट सुचारु भएको छ ।
दोस्रो पटक एसियाड आयोजना गरेको ईन्डोनेसिया ले शनिबार जाकर्ता स्थित गेलोरा बुङ कार्नो रंगाशाला मा एसियन गेम्सको भव्य उद्घाटन गरेको छ ।
ईनर्जी अफ एसिया को नारा बोकि यस संस्करण को आयोजना गर्दै गरेको इन्डनेसिया ले आज को उद्घाटन ईन्डोनेसिया का राष्ट्रपति जोको विडोडो ले गरेका थिए ।
उद्घाटन समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । साथै ईन्डोनेसिया ले आफ्ना कला सस्कृती झल्किने विभिन्न खालका सास्कृतिक प्रस्तुति पनि गरेको थियो ।
उद्घाटन समारोहमा नेपाल बाट १० औं दक्षिण एसियाली खेलकुदमा एक मात्र स्वर्ण विजेता भारोत्तोलनका कमल बहादुर अधिकारीले ले नेपाल को झन्डा बोकि मार्च पास को नेतृत्व गरेका थिए ।
साथै नेपाली टोलीको नेतृत्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विक ले गरे । यस्तै नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट,पौडीकी ओलम्पियन गौरिका सिंह लगायत का खेलाडी तथा पदाधिकारी सहभागी भएका थिए ।
सेप्टेम्बर २ सम्म चल्ने यस एसियाड मा कुल ४५ देशको सहभागिता रहेको छ । जहाँ ४० खेल का ६७ बिधा मा खेलाडी हरु प्रतिस्पर्धा गर्नेछ्न । जस अन्तर्गत ११ हजार खेलाडी हरु ले आफ्नो खेल देखाउने छ्न ।
यता नेपाल यस संस्करण को एसियाड मा कुल २९ खेलमा सहभागिता जनाउदै छ जसमा १ सय ८५ खेलाडी हरु ले प्रतिस्पर्धा गर्नेछ्न ।
उद्घाटन समारोह का केही दृश्यहरु पनि ।।