एशियन गेम्स को उद्घाटन समारोह आज हुँदै : नेपाल ले २९ खेलमा प्रतिस्पर्धा गर्दै ।
भदौ २ , अनलाईन खेलखबर || प्रत्येक ४ बर्ष को अन्तराल मा हुने एसियन गेम्स को १८ औं संस्करण आज सनिवार देखि ईन्डोनेसिया मा हुँदै छ ।
नेपालि समय अनुसार करिव साझ को पौने ६ बजे देखि करिव ३ घन्टा सम्म आयोजक ईन्डोनेशिया ले उद्घाटन सत्र लाई भरपुर सजावट गर्दै मनमोहक बनाउने तयारी पूरा गरेको छ । एसियन गेम्स दोस्रो पटक आयोजना गर्दै गर्दा ईन्डोनेशिया ले उदघाटन कार्यक्रम अबधी भर आफ्नो कला सस्कृती लाई देखाउने छ ।
आज १८ तारिख देखि सेप्टेम्बर २ सम्म चल्ने एसियाड मा ४० खेल का ६७ बिधा मा खेलाडी हरु प्रतिस्पर्धा गर्नेछ्न । जहाँ ४५ देश का करिव ११ हजार खेलाडी हरु ले आफ्नो खेल देखाउने छ्न ।
यता नेपाल यस संस्करण को एसियाड मा कुल २९ खेलमा सहभागिता जनाउदै छ जहाँ १ सय ८५ खेलाडी हरु ले आफ्नो खेल देखाउने छ्न । ४५ देशको सहभागिता मा हुन लागेको एसियाड को उद्घाटन समारोह मा नेपाल को तर्फ बाट भारोत्तोलनका कमल अधिकारि को नेतृत्व मा नेपालि टोलि ले मार्च पास गर्ने कार्यक्रम तय भएको छ ।
एसियाड मा हाल सम्म आईपुग्दा नेपालले मात्र २३ वटा पदक जितेको छ ।
समारोह मा मनोरञ्जन लाई पनि विशेष ध्यान मा राख्दै समारोह को बेला इंडोनेशिया का चर्चित कलाकार अंगगुन, रेसा, इडो, फातिन, जीएसी तथा एरियल नोहा, टुलुस, विया वालेन लगायत कलाकार ले आफ्नो प्रस्तुति दिदै उद्घाटन समारोह लाई अझ मनोरञ्जनात्मक बनाउदै समारोह लाई भब्य बनाउने छ्न ।