रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडरर बने विश्वकै धेरै कमाउने खेलाडी

एजेन्सी – विश्व चर्चित फोर्ब्स पत्रिकाले शुक्रबार जारी गरेको सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा टेनिस स्टार रोजर फेडरर पहिलो स्थानमा रहन सफल भएका छन् ।

हरेक वर्ष सार्वजनिक गर्दै आउँने पत्रीकाका हिसाबले रोजर पहिलो स्थानमा रहदा फुटबलका स्टार खेलाडीद्वय पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । यस्तै ब्राजिलका युवा फुटबल खेलाडी नेयमार चौथो स्थानमा रहन सफल भएका छन् ।

पहिलोपटक सूचीको पहिलोस्थानमा अटाएका स्विट्जरल्यान्डका रोजर फेडररले यस वर्ष १०६.३ मिलियन अमेरिकन डलर कमाएको उल्लेख गरेको छ । भने रोनाल्डोले १०५ र मेस्सीले १०४ मिलियन अमेरिकन डलर कमाई गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

यस्तै नेयमारले ९५.५ मिलियन अमेरिकन डलर कमाई गर्दै सूचीको चौथोस्थानमा रहन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *