onlinekhelkhabar.com

Complete website for Nepali Sports News

‘सिधा सन् २०२१ का लागि तयारी गरौं ’ – राफेल नाडल

एजेन्सी – स्पेनिस टेनिस स्टार खेलाडी राफेल नाडलले कोरोना भाइरस ( कोभिड -१९ ) लाई लिएर ठूलो चिन्ता व्यक्त गरेका छन् ।

यस वर्षनै भाइरसका कारण कुनै खेल नहुँने हो कि भन्ने उनिलाई अहिले लागिरहेको छ । एक संचारमाध्यमसँग कुराकानी गर्ने क्रममा उनले,‘आशावादी पनि छु ,यो वर्षमा कोर्टमा फर्किन सकौं ,तर यसो होला भन्ने आफूलाई लागिरहेको भने छैन ’।

त्यसैले सिधा २०२१ का लागि तयारी सुरु गर्न आवस्यक रहेको उनले भनेका छन् ।

यता कोरोना भाइरसकै कारण विम्बलडन रद्द हुन् पुगेको छ भने फ्रेंचओपन सेप्टेम्बरसम्म स्थगित हुन् पुग्दा युएस ओपनको बारेमा अझै स्पष्ट भईसकेको छैन ।

राफेल नाडल टेनिसमा सफल खेलाडीको सूचीमा पर्छ्न उनले अहिलेसम्म एकपटक अष्ट्रेलियन ओपन , १२ पटक फ्रेंचओपन ,विम्बलडन २ पटक र युएस ओपन ४ पटक जितेका छन् । भने सन् २००८ को ओलम्पिकमा उनले स्वर्णपदक जित्न सफल भएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *