नोभाक जोकोभिचले रचे ईतिहास : आठौं पटक अष्ट्रेलियन ओपनको च्याम्पियन
एजेन्सी । सर्वियन स्टार खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपनको उपाधि उचालेका छन् ।
आईतबार मेलबर्नमा भएको फाइनल प्रतिष्पर्दामा उनले ऑस्ट्रियाका डोमिनिक थीमलाई पराजित गर्दै पुरुष एकलतर्फको अष्ट्रेलियन ओपनको आफ्नो नाममा लेखाउँन सफल भए ।
करिब करिब ४ घन्टाजति चलेको खेलमा जोकोभिचले डोमिनिकलाई पाँच सेटबाट पराजित गरेका थिए ।
यस समय जोकोभिच पछाडी परेका थिए । तर जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्न सफल भए ।
पहिलो सेट ६-४ ले जितेका जोकोभिचले दोस्रो र तेस्रोमा क्रमश : ४-६ , २-६ ले पराजित हुन पुगेको थिए । त्यसपछि उनी खेलमा फर्किदै ६-३ र ६-४ ले जित निकाल्दै च्याम्पियन बने ।
योजितसँगै उनि सबैभन्दा सर्वाधिक धेरै उपाधि उचाल्ने खेलाडी समेत भएका छन् । योसँगै उनले आठौं पटक अष्ट्रेलियन ओपन जितेका हुन् ।
उनले सन् २००८ मा पहिलो पटक जितेका थिए । त्यसपछि उनले २०११ , २०१२ , २०१३ , २०१५ , २०१६ , २०१९ मा जितेका थिए ।
यस्तै महिला एकलतर्फ अमेरिकी खेलाडी सोफिया केनिनले अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी थिइन् ।
शनिबार भएको फाइनल खेलमा दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन गार्बिन मुगुरुजालाई पराजित गर्दै उनी पहिलो पटक च्याम्पियन बनेकी थिइन् ।