२१ वर्षिया सोफियाले रचिन ईतिहास : पहिलोपटक अस्ट्रेलियन ओपनको च्याम्पियन
एजेन्सी । दुई पटककी ग्रान्ड स्लाम च्याम्पियन गार्बिन मुगुरुजालाई पराजित गर्दै अमेरिकी खेलाडी सोफिया केनिनले महिला एकलतर्फको अस्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छिन् ।
शनिबार भएको फाइनल खेलमा पहिलो सेट गुमाएकी भएपनि दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेपछी सोफिया प्रतियोगिताको च्याम्पियन बनिन् ।
उनि पहिलो सेटमा ४–६ ले पराजित भएकी थिइन् भने दोस्रो र तेस्रो सेट क्रमशः ६–२, ६–२ ले जित्न सफल भएकी थिइन् ।
२१ वर्षिया सोफिया योसँगै सन् २००८ पछि यो प्रतियोगिता जित्ने युवा खेलाडी समेत बनेकी छिन।
यसअघि मारिया शारापोवा २० वर्षको उमेरमै च्याम्पियन बनेकी थिइन् ।
यस्तै सोफिया आफ्नो तेस्रो प्रयासमा यसपटक च्याम्पियन बनेकी हुन । यसअघि सन् २०१८ र २०१९ मा उनि असफल हुन पुगेकी थिइन् ।
च्याम्पियन क्षण –
The winning reaction ☺@SofiaKenin | #AusOpen pic.twitter.com/il7w5EedY7
— US Open Tennis (@usopen) February 1, 2020