onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपको टिममाथि पारसको टिम विजयी : पारसले पनि लिए एक विकेट

काठमाडौं ( अनलाइन खेलखबर ) | युएईमा जारी टि -१० लिगमा बाहिरिसकेको पारस खड्काको टिम अबुधाबीले अर्का नेपाली खेलाडी सन्दिप लामिछानेको टिम कर्नाटका टस्कर्सलाई ३४ रनले पराजित गर्न सफल भएको छ ।

शुक्रबार राती भएको खेलमा अबुधाबीले दिएको १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको कर्नाटका निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा ९६ रनमा सिमित हुन पुगेपछी खेल आबुधाबीले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

खेलमा कर्नाटकालाई रायन टेनले अबिजित रहदै ३२ रनको योगदान गर्दा कप्तान हसिम अमलाले १८ तथा उपुल थरंगाले १० रन र अहमद राजाले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुगेको छ ।

बलिङतर्फ अबुधाबीका हेडन वाल्शले २ तथा हैरी गुरनी, मर्चेंट डी लैंग ,मोईन अलि र पारस खड्काले समान १/१ विकेट लिए ।

आफ्नो स्पेलको २ ओभर बलिङ गरेका पारसले ३० रन खर्चिएर १ विकेट लिएका थिए उनले अहमद राजालाई पभेलियनको बाटो देखाई दिएका थिए ।

त्यसअघि शेख जायद स्टेडियममा भएको खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको अबुधाबीले निर्धारित १० ओभर पुरै ब्याटिङ गर्दै मात्र २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

टिम अबुधाबीका लागी ल्यूक राइटले अबिजित रहदै सर्वाधिक धेरै ५७ रन बनाए । भने कप्तान मोईन अलिले ३५ रनको योगदान गरे । ल्युक र अलिबीच दोस्रो विकेटका लागी ९० रनको साझेदारी हुन पुगेको थियो ।

त्यसअघि पहिलो विकेटका रुपमा नाथन रिमिंगटनको बलमा अविष्का फर्नांडोलाई टिमले ३ रन बनाएर गुमाएको थियो । यस्तै अबिजित रहेका वेन मैडसेनले पनि २० रन बनाए ।

यता प्रतियोगितामा आफ्नो टिमको अन्तिम खेलमा पारसले टिममा स्थान बनाउन सफल हुँदा टिमको अन्तिम खेलमा सन्दिप भने बेन्चमा रहेका थिए ।

टिममा स्थान बनाएका पारसको ब्याटिङको पालो भने आएको थिईन ।

प्रतिक्रिया दिनुहोस्