![नेपालको १०० रन पूरा](https://onlinekhelkhabar.com/wp-content/uploads/Pratis-gc-607.jpg)
नेपालको १०० रन पूरा
काठमाडौं ( अनलाइन खेलखबर ) | भारतको आधिकारिक यु -१९ सिरिज च्यालेन्जर ट्रफीमा नेपालले अहिले आफ्नो पहिलो खेलमा भारतको `सि ´ टिमसँग खेलिरहेको छ ।
भारतको विजयवाडास्थित हैदराबाद क्रिकेट संघको मैदानमा जारी खेलमा ट्स जितेर पहिले ब्याटिङ गरेको नेपालले ताजास्थितिमा २४.३ ओभरमा ६ विकेट गुमाएर १०० रन पूरा गरेको छ ।
सुरुवाती अबस्थाबाटै खराब ब्याटिङ गर्ने क्रममा नेपालले दोस्रो ओभरको पाँचौ बलमा ओपनर ब्याट्सम्यान रित गौतमलाई सस्तैमा ५ रनमा गुमाएको थियो ।
त्यसपछि नेपालले दोस्रो विकेटका लागि खड्क बोहरालाई गुमायो ।१४ बलको सामना गरेका उनले १० रन मात्र बनाउन सफल भए ।खडकपछि लोकेश बमपनि १० रन बनाएर आउट हुन पुगे ।
टिमको स्कोर ६.२ ओभर भित्र २८ रन हुँदा ३ महत्वपूर्ण ब्याट्सम्यानलाई गुमाएको नेपालको पारीलाई अरुण एरि र कुशल मल्लले सम्हाल्न खोजेको भएपनी उनिहरु पनि सफल नहुँदा टिम अहिले सामान्य योगफलतर्फ अग्रसर भएको छ ।
अरुणले १३ रन बनाउँदा कुशल मल्लले २६ रनको योगदान गरे जुन पछि अहिलेसम्मकै सर्बाधिक ठुलो स्कोर बन्न पुगेको छ ।
यी बाहेक हरि बहादुर चौहानले ७ रन जोडदा अहिले मैदानमा शेर मल्ल र प्रतिश जिसिले ब्याटिङ गरिरहेका छ्न ।