onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पूर्व फुटबल खेलाडी वाइबी घलेलाई आर्थिक सहयोग

काठमाडौं ( अनलाइन खेलखबर ) । प्यारालाइसिस भएपछि पछिल्लो ११ वर्षयता अस्वस्थ रहेका नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने पूर्व फुटबल खेलाडी वाइबी घलेले आर्थिक सहयोग प्राप्त गरेका छ्न ।

शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले उनलाई आर्थिक सहयोग गरेको छ ।

शाखाले २ लाख नगद सहयोग गर्ने क्रममा युके शाखाका सिदार्थ बिक्रम क्षेत्रीले घलेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्यारालाइसिसका कारण घले अहिले राम्रोसँंग हिडडुल गर्न पनि सक्दैनन र उनको चार महिना अघि गल ब्लाडर र स्टोनको शल्यक्रिया गरेपछी घले अस्वस्थ रहेका छ्न ।

नेपाली फुटबलमा ठुलो योगदान पुर्याएका ६१ बर्षिय घलेले नेपाली राष्ट्रिय टिमबाट सन १९८२ देखि ९० सम्म खेलेका थिए र त्यसपछि उनी प्रशासनिक रुपमा अखिल नेपाल फुटबल संघ ( एन्फा ) को केन्द्रिय सदस्यका रुपमा पनि उनले कार्यसम्पादन गरेका थिए ।

उनले राष्ट्रिय टिमसँगै आरसिटि , फ्रेन्ड्स क्लब , शाही नेपाल वायुसेवा निगम र महेन्द्र पुलिस क्लबबाट ब्याबसाहिक फुटबल खेलेका थिए ।

सन १९८५ मा पहिलो दक्षिण एसियायी खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा घले टिमका मुख्री सदस्य रहेका थिए भने सन १९८२ मा दिल्लीमास्थित जवहारलाल नेहरु रंगशालामा कुबेतबिरुद्दको खेलमा गोल गर्दै उनी नेपाली फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *