onlinekhelkhabar.com

Complete website for Nepali Sports News

जिम्बावेलाई नेपालले दियो सामान्य विजयी लक्ष्य

असोज १० , अनलाइन खेलखबर || त्रिकोणात्मक सिरिज अन्तर्गत अहिले नेपालले पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको सामना अहिले गरिरहेको छ ।

सिगांपुरस्थित ईन्डियन एसोसिएसनको खेल मैदानमा जारी खेलमा नेपालले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको छ ।

पहिलोपटक टिममा समाबेश हुँदै राष्ट्रिय टिमबाट आजको खेलबाट डेब्यु गरेका ईशान पाण्डे पहिलो खेलमै असफल हुन पुगेका छ्न।

दोस्रो ओभरको अन्तिमबलमा टेनदाइ चतराको बलमा क्याच आउट भएका ईशानले एक चौकाको मद्धतमा ४ रन मात्र जोडन सफल भए ।

कप्तान पारस खड्कासँग ओपनिङ गर्न मौका पाएका ईशान असफल हुँदा मोहम्मद आरिफ शेखले पारसलाई केही छिन साथ दिए पनि उनिले पनि ठूलो पारी खेल्न सकेनन ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका आरिफले ८ रन बनाए । त्यसपछि कप्तान पारस खड्का ब्यक्तिगत १८ रन बनाएर आउट हुन पुग्दा टिम अझ दवाबमा आएको थियो ।

पारसले २२ बलको सामना गर्दै ३ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । पारस लगत्तै टिमको विकेट पतनको सिलशिला रोकिएन जसमध्य टिमबाट डेब्यु खेल खेलेका कुशल मल्लले २ रन बनाए भने सन्दिप जोराले १७ रनको योगदान गरे ।

त्यसपछि टिमलाई सम्हाने क्रममा उप – कप्तान दिपेन्द्र सिँह एरिले राम्रो प्रदर्शन गर्ने क्रममा ४० रनको योगदान गरे । ३३ बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । उनी क्याच आउट हुन पुगेका थिए ।

यस्तै अन्त्यमा सोमपाल कामी र बिस्पोटक विकेटकिपर ब्याटसम्यान बिनोद भण्डारीले अबिजित रहदै क्रमश : २५ र ११ रन बनाए

बलिङतर्फ जिम्बावेका लागि सेन विलिमसनले सर्बाधिक २ विकेट हात पारे ।


अब नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको झिनो विजयी लक्ष्यलाई पछ्याउँदै जिम्बावेले अबको केहिसमयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्