बाह्रखरी आमन्त्रण गल्फ सगरमाथा क्षेत्रमा हुने !

बाह्रखरी आमन्त्रण गल्फ सगरमाथा क्षेत्रमा हुने !

असोज ६ , अनलाइन खेलखबर || बाह्रखरी मिडिया प्रालिको आयोजनामा बाह्रखरी एभरेष्ट गल्फ यहि आउँदो २० अक्टोबर देखि सुरु हुने भएको छ ।

प्रतियोगिता दुई चरणमा हुनेछ । पहिलो २० अक्टोबरका दिन ४२५० मिटर उचाईमा रहेको कोङ्दे रीमा खेलाईनेछ । जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार -३ कोर्समा प्रतिस्पर्धा गर्नेछ्न ।

दोस्रो चरणमा सबै गल्फरले अक्टोबर २६ का दिन काठमाडौको गोकर्ण सफारी रिसोर्टमा बाकी रहेका १७ होल खेल्नेछ्न ।

तेस्रो संस्करणको यस प्रतियोगितालाई देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्दै नेपालको भ्रमण वर्ष २०२० लाई समेत प्रबर्द्धनमा समेत यस प्रतियोगिताले सहयोग पुर्याउने आयोजकले बिश्वास लिएको छ ।

गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ । यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल रहेको दाबी गरिएको छ । यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको रहेको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको आज सोमबार भएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

प्रतियोगिताको विजेताले गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको ब्यबस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *