बङ्लादेश प्रिमियर लिग खेल्न सन्दिप बङ्लादेश प्रस्थान
पुस १८ , अनलाईन खेलखबर || अस्टेलिया को उच्च लिग बिग ब्यास मा उत्कृष्ट प्रदशन गर्दै नेपाल युवा स्टार क्रीकेटर सन्दिप लामिछाने आफ्नो नयाँ गन्तव्य बङ्लादेश आज प्रस्थान गरेका छ्न ।
उनी यहि आउदो सनिवार बाट बङ्लादेश क्रीकेट को सबैभन्दा ठुलो लिग बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) मा सहभागी जनाउँन बङ्लादेश प्रस्थान गरेका हुन ।
यसअघि अस्टेलिया मा रहेका उनले बिग ब्यास मा शानदार प्रदशन गरि ४ खेल बाट ८ बिकेट समेत लिन सफल भए उनी अहिले उच्च लय मा पनि देखिएका छ्न ।
पुर्ब जानकारी अनुसार बिग ब्यास कै दौरान बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) सुरु हुन लागेपछी बिग ब्यास का सुरुवाती ४ खेल आफ्नो टिम मेलबर्न स्टार्स बाट खेलेपछी पुर्ब निर्धारित सम्झौता अनुरुप उनि बिपिएल खेल्न बङलादेश प्रस्थान गरेका हुन ।
बिग ब्यास मा अनुबन्धित हुनु अघि नै सन्दिप ले आफ्नो ब्यस्तता र सम्झौता को पुर्ण जानकारी मेलबर्न सगँ राखेका थिए र सोही अनुरुप मेलबर्न ले पनि सन्दिप लाई ठूलो रकम मा अनुबन्धित गरेको थियो ।
उनी बिग ब्यास अधि नै बिपिएल मा अस्ट्रेलियन खेलाडी डेभिड वार्नर ले कप्तानी गर्ने स्यलहेट सिक्सर्स सगँ अनुबन्धित भएका थिए ।
निकै ब्यस्तता मा रहेका सन्दीप ले बङ्लादेश प्रिमियर लिग का क्रम मा नेपाल र युएई बिच हुने अन्तर्राष्ट्रिय सिरिज मा पनि सहभागी जनाउने खबर छ सिरिज जनवरि २५ देखि फेब्रुअरी ३ सम्म चल्नेछ उनी अहिले युएई भ्रमण को प्रारम्भिक २० सदस्य भित्र पनि रहेका छ्न ।
यसपछि उनी बङ्लादेश मा उनी आबद्ध टिम को यात्रा कस्तो गर्नेछ सोही कुरा ले उनको बाकि यात्रा तय गर्नेछ यदि उनी आबद्ध टिम ले लिग को प्ले अफ स्थान बनाएको खन्डमा उनि पुन टिम मा फर्किने छन ।
यस्तै बिग ब्यास मा पनि सोही कुरा लागू हुनेछ बङलादेश प्रिमियर लिग फेब्रुअरी ८ तारिख सम्म चल्नेछ भने बिग ब्यास फेब्रुअरी १७ सम्म यदि टिम ले बिग ब्यास मा राम्रो गर्दै अन्तिम सम्म पुगेको खन्ड मा पनि उनी पुन बिग ब्यास खेल्न अस्टेलिया फर्किने छ्न ।