onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियन तीब्र गतिका बलर मिचेल स्टार्कले आईपीएल नखेल्ने

एजेन्सी । अष्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले यसपटकको इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् ।

शुक्रबार आईपीएलको अक्सन सूची सार्वजनिक हुँदा स्टार्कले आफुलाई दर्ता गराएका छैनन् । यता १४ औं संस्करणको आईपीएल अक्सनमा अष्ट्रेलियाबाट कुल ४२ खेलाडीको नाम दर्ता भएको छ ।

यता स्टार्कले अक्सनमा आफ्नो नाम दर्ता गराएको भए उनि ठूलो रकममा समेत बिक्न सक्ने थिए । उनि सन् २०१५ पछि आईपीएल बाहिर रहेका छन् । त्यसबेला उनि विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरबाट खेलेका थिए ।

तर सन् २०१८ मा कोलकाता नाइट राइडर्सले उनलाई ठूलो रकम दिएर टिममा अनुबन्ध गरेको थियो । दुभाग्यवस ९ करोड ४० लाख भारतीय रुपिएमा अनुबन्ध भएका उनि चोटका कारण आफ्नो नाम फिर्ता लिन बाध्य भएका थिए ।

यता फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुने आईपीएल अक्सनमा कुल १ हजार ९७ खेलाडी दर्ता भएका छन् । जसमा ८ सय १४ भारतीय छन् भने २ सय ८३ विदेशी खेलाडी रहेका छन् । यस्तै एसोसिएटबाट मात्रै २७ रहदा नेपालबाट ८ खेलाडी अक्सनका लागि दर्ता भएका छन् ।

नेपाली खेलाडीहरुको हकमा सन्दीप लामिछाने देखि विनोद भण्डारी,करण केसी,सोमपाल कामी,कुशल मल्ल,शरद भेषावकर,अविनाश बोहरा र दीपेन्द्र सिंह एरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्