onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुटले इतिहास रच्दा भारतविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट सुरुवात

एजेन्सी । कप्तान जो रुटले कीर्तिमानी शतकीय पारी खेल्दा भारतविरुद्धको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट सुरुवात पाएको छ ।

चेन्नईस्थित एमए चिदंबरम रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको समाप्तिमा ८९.३ ओभरमा मात्र ३ विकेट गुमाएर २ सय ६३ रन बनाएको छ ।

सिरिजको पहिलो खेलमा उत्कृष्ट सुरुवात गर्ने क्रममा उसका लागि कप्तान रुट नायक सावित हुन् पुगे । उनि १ सय २८ रनमा अविजित रहेका छन् । १ सय ९७ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा १४ चौका र १ छ्क्का प्रहार गरे ।

आफ्नो करियरकै १०० औं टेष्ट खेल्दै गरेका रुटको यो टेष्टतर्फ २० औं शतक समेत हो । यो सँगै उनि सय औं टेष्टमा शतक बनाउने विश्वका नवौं खेलाडी समेत बनेका छन् । यस्तै यो शतकमार्फत उनि ९८,९९ र १०० औं खेलमा शतक बनाउने विश्वको पहिलो खेलाडी समेत बनेका छन् । यसअघि उनले यसअघि रुटले जनवरीमा श्रीलंकाविरुद्ध पहिलो टेष्टमा २ सय २८ तथा दोस्रो टेष्टमा १ सय ८६ रन बनाएका थिए ।

यता भारतीय बलर निरीह सावित हुँदा इंग्ल्यान्डका ब्याट्सम्यानले खुलेरै प्रदर्शन गरे । जस अन्तर्गत २३.५ ओभरमा टिमको स्कोर ६३ रन हुँदा ओपनर ब्याट्सम्यान रोरी बर्न्सलाई ब्यक्तिगत ३३ रनमा गुमाएको इंग्ल्यान्डले लगत्तै डेनियल लरेन्सलाई सुन्य रनमा गुमायो । रोनिलाई आश्विनले पभेलियनको बाटो देखाई दिदा डेनियल लरेन्स बुमराहको बलमा आउट हुन् पुगेका थिए ।

त्यसपछि ओपनर ब्याट्सम्यान डोमिनिक सिब्लेलाई साथ दिन कप्तान रुट मैदानमा आए । यसबीचमा यी दुई ब्याट्सम्यानबीच तेस्रो विकेटका लागि २ सय रनको साझेदारी हुन् पुग्यो ।

८९.३ ओभरमा टिमको स्कोर २ सय ६३ रन हुँदा जसप्रित बुमराहको बलमा एलबिडब्लुको सिकार हुनुअघि डोमिनिकले २ सय ८६ बलको सामना गर्दै १२ चौकासहित ८७ रनको योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्