गल्फले दियो नेपाललाई दुई स्वर्ण
काठमाडौं( अनलाइन खेलखबर ) | १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गल्फतर्फबाट पनि नेपालले २ स्वर्ण पदक जित्न सफल भएको छ ।
शुक्रबार गोकर्ण फरेस्ट गल्फ कोर्समा भएको खेलमा नेपालले पुरुषतर्फबाट एकल र टिम प्रतिष्पर्दामा दुई स्वर्ण जितेको हो ।
यो सागको ईतिहासमा गल्फमा नेपालले जितेको यो ऐतिहासिक पहिलो स्वर्ण पदक हो । पुरुष एकलमा नेपालका लागि सुवास तामाङले स्वर्ण दिलाएका थिए ।
चार दिनको ७२ होलमा सु्वासले कूल १४ अन्डर दुई सय ७४ स्कोर खेलेका थिए । गल्फको अन्तिम दिन सुक्रबार सुवासले तीन अन्डर ६९ खेले ।
पुरुष एकलमा बंगलादेशका मोहमद फराजले रजत जिते । उनले कूल ६ अन्डर दुई सय ८२ खेले । नेपालकै सुक्रबहादुर राईले कांस्य जिते । सुक्रले कूल चार अन्डर दुई सय ८४ खेलेका थिए ।
यस्तै पुरुष टिम स्पर्धामा पनि नेपालले स्वर्ण पदक जित्न सफल भयो ।
टिम स्पर्धामा नेपालका सुवाससहित सुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ सहभागी थिए । टिम स्पर्धामा नेपालले कूल आठ सय ३८ स्कोर खेलेको थियो ।
यस्तै टिम प्रतिष्पर्दामा रजत जितेको बंगलादेशले आठ सय ५६ स्कोर खेल्यो । कांस्य जितेको श्रीलंकाले आठ सय ७८ स्कोर खेलेको थियो ।
यो सँगै जारी सागमा नेपालले आफ्नो पदक सङ्ख्यामा ४१ स्वर्ण , २७ रजत र ४८ कास्यसहित कुल ११६ पुर्याएको छ र नेपाल दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ८१ स्वर्ण , ५९ रजत र २५ कास्यपदक सहित कुल १६५ सहित पहिलो स्थानमा यथावत रहेको छ ।