
माल्दिभ्समाथि नेपालको जित ( फोटोफिचर )
काठमाडौं ( अनलाइन खेलखबर ) | १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले दोस्रो जित हासिल गर्ने क्रममा माल्दिभ्सलाई नेपालले पराजित गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले मादिल्भ्सलाई २-१ ले पराजित गर्न सफल भएको छ ।
खेलमा माल्दिभ्सले अग्रता बनाएपनि घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले राम्रो कमब्याक गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
खेलको १८ औं मिनेटमा माल्दिभ्सका ईब्राईमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १-० ले पछाडी परिरहेको अबस्थामा नेपालका अभिषेक रिजालले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीसम्म ल्याईपुराएका थिए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा नेपालले दोस्रो हाफमा थप एक गोल गर्न सफल हुँदा त्यो गोल नै निर्णायक हुन पुग्यो । नेपालका लागि दोस्रो गोल अन्नत तामाङले गरेका थिए ।
टिमका लागि महत्वपूर्ण गोल गर्ने क्रममा अन्नतले कर्नरबाट आएको बललाई हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
यो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना अझ बलियो बनेको छ । यसअघि पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको थियो ।
र अहिले नेपालले ७ अंकसहित अंकतालिका शीर्षस्थानमा उक्लिएको छ । प्रतियोगिताको प्राबधान अनुसार अंकतालिकाका दुई शीर्षस्थानमा रहने टिम फाइनल खेल्नेछंन ।
अब नेपालले लिगको अन्तिम खेलमा आईतबार बंगलादेशसँग खेल्नेछ ।
अब हेर्नुहोस आजका खेलका केहि फोटोहरु