काठमाडौंमाथि चितवनको जित ( फोटोफिचर )
काठमाण्डौ ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला फेन्चाईज महिला लिग वुमेन्स च्याम्पियन्स लिग ( ड्ब्लुसिएल ) को पहिलो खेलमा चितवन राईनोजले क्याट क्विन काठमाण्डौलाई ५ विकेटले पराजित गरेको छ ।
आज बुधबार भएको खेलमा काठमाण्डौले दिएको ९३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चितवनले १८.३ ओभरमा ५ विकेटको क्षतिमा उक्त चुनौतीलाई भेटाएको थियो ।
चितवनलाई विजयी सुरुवात दिलाउने क्रममा सुमन खतिवडाले सर्बाधिक २९ रनको पारी खेलिन । २३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा उक्त स्कोर बनाएकी थिईन ।
खेलको प्लेयर अफ द म्याच चितवनकी सन्तोषी चौधरी घोषित भएकी थिईन |
पूरा समाचारका लागि चितवनको विजयी सुरुवात
अब हेर्नुहोस खेलका केहि तस्बिरहरु –