ओमानमा हुँने टी – ट्वान्टी सिरिजको अन्तिम तयारीमा नेपाली टिम ( फोटोफिचर )
असोज १७ , अनलाइन खेलखबर ।। भोलि शनिवार देखि असोज २३ गते सम्म ओमानमा हुँन गईरहेको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजका खेल्नका लागि नेपाली क्रिकेट टिम अहिले ओमानमा रहेको छ ।
सिगांपुरमा भएको जिम्बावे , सिगांपुर र नेपालबीचको त्रिकोणात्मक सिरिजमा सहभागी जनाएर नेपाली टोली बिहिबार सिगांपुरबाटै ओमान पुगेको थियो । जस अन्तर्गत सिरिजको अन्तिम तयारी स्वरुप आज नेपालले आन्तरिक अभ्यास गर्यो ।
सिगांपुरमा रहेर नेपालले ३ खेल खेल्दा एक खेल भने पानीले गर्दा रद्द हुँन पुगेको थियो । सिगांपुरमा नेपाल जिम्बावेसँग दुबै खेलमा पराजित हुँदा आयोजक सिगांपुरमाथि भने नेपालले शानदार ९ विकेटले जित हासिल गरेको थियो ।
ओमानमा हुने टी -ट्वान्टी सिरिजमा आयोजक ओमान सहित नेपाल , हङकङ , आयरल्याण्ड र नेदरल्याण्डले प्रतिस्पर्धा गर्नेछ्न ।
सिरिजमा नेपालले पहिलो खेल असोज १९ गते हङकङबिरुद्ध खेल्नेछ । यस्तै असोज २० गते नेदरल्यान्ड्ससँग असोज २२ गते टेष्ट राष्ट्र आयरल्यान्डसँग र असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ ।
नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारीस्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।
अब हेनुहोस ४० फोटोमा नेपालको तयारी