पल्सर स्पोर्टस अवार्डमा क्रीकेट को  बर्चस्व, पारस खड्का र सोभा उत्कृष्ट, सन्दिप उत्कृष्ट युवा खेलाडी

पल्सर स्पोर्टस अवार्डमा क्रीकेट को बर्चस्व, पारस खड्का र सोभा उत्कृष्ट, सन्दिप उत्कृष्ट युवा खेलाडी

जेठ ३ , अनलाईन खेल खबर || नेपाल खेलकुद पत्रकार मन्चं ( एनएसजेएफ ) ले प्रत्येक बर्ष झै आफ्नो खेल क्षेत्र बाट अतुलनीय योगदान गरेर नेपाल को नाम अन्तर्राष्ट्रिय स्तर मा चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने खेलाडी , प्रशिक्षक , खेल अधिकारी वा संस्था लाई प्रदान गरिने पल्सर स्पोर्ट्स अर्वार्ड २०७४ आज बितरण गरिएको छ ।

१५ औं संस्करण को यस स्पोर्ट्स अर्वार्ड आज बिहिवार काठमाडौ भद्रकाली स्थित आर्मी अफिसर्स क्लब मा अर्वार्ड बितरण गरिएको थियो । कुल ८ बिधा मा प्रदान गरिएको अर्वार्ड मा यस २०७४ बर्ष क्रीकेट ले बर्चस्व खडा गरेको छ । २०७४ नेपाली क्रीकेट ले पहिलोपटक ईतिहासिक उपलब्धि एकदिवसीय मान्यता प्राप्त गरेको हुँदा यस बर्ष को अवार्ड मा क्रीकेट स्वाभाविक रुपमा हाबी भएको छ ।

हेर्नुहोस – बिजेताहरु

#बर्ष को उत्कृष्ट युवा खेलाडी : सन्दिप लामिछाने (क्रीकेट )

क्रीकेट कै दीपेन्द्र सिँह एरि , यस्तै फुटबल का दिनेश हेन्जन , जुडो कि मनिता श्रेष्ठ र बक्सिङ कि पुनम रावल लाई पछि पार्दै सन्दिप बिजयि भएका हुन । सन्दिप अहिले आईपिएल खेल्दैछ्न ।उनी आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन , उनले नेपाल लाई एकदिवसीय मान्यता दिलाउन पनि ठूलो योगदान गरेका थिए ।

#बर्ष को उत्कृष्ट प्रशिक्षक : जगत टमाटा ( क्रीकेट )

नेपालि क्रीकेट ईतिहास मै हाल सम्म को ठूलो उपलब्धि को रुपमा रहेको एकदिवसीय मान्यता उनको प्रशिक्षक मै नेपाल ले हासिल गर्न सफल भएको थियो ।

#स्पेसल स्पोर्ट्स अवार्ड : करन केसि ( क्रीकेट )

नामिवियामा भएको डिभिजन टु मा क्यानडा विरुद्ध उत्कृष्ट प्रदर्शन हार नजिक को खेल लाई जित तर्फ अग्रसर गराउदै नेपाल लाई बिश्वकप छ्नोट सम्म पुर्याएका करण केसि को नेपाल ले एकदिवसीय मान्यता प्राप्त गर्न ठूलो भुमिका रह्यो ऐतिहासिक जित दिलाएका करणलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्डबाट सम्मानित गरेको हो ।

#बर्ष को उत्कृष्ट पुरुष खेलाडी : पारस खड्का ( क्रीकेट )

नेपाली क्रीकेट का हाल सम्म को सफल कप्तान पारस खडका लाई उनको प्रदशन लाई मुल्यांकन गरि यस बर्ष को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको छ । नेपाली क्रीकेट को हालसम्म को सबैभन्दा ठूलो उपलब्धि एकदिवसीय मान्यता प्राप्त उनकै कप्तानी मा नेपाल ले प्राप्त गरेको छ । जस मा उनको ब्यक्तिगत योगदान पनि उच्च रहेको छ ।

#बर्ष को उत्कृष्ट महिला खेलाडी : सोभा गौचन ( ब्याडमिटन )

पल्सर २०७४ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छिन्। बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी हुन सफल भईन ।

#‘पिपुल्स च्वाइस अवार्ड’ : स्टान्टु श्रेष्ठ ( टेबलटेनिस )

चर्चित क्रीकेटर नेपाली क्रीकेट का स्टार युवा खेलाडी लेग स्पिनर सन्दीप लामिछाने,यस्तै किरण कुमार लिम्बू फुटबल का चर्चित नाम र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसकाका नम्बर १ स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जित्न सफल भए ।  

बर्ष को उत्कृष्ट पारा एथलिट खेलाडी मा ह्युल चियर क्रीकेट का कप्तान हिमाल लम्साल लाई
प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *