onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यसरी गर्दैछ नेपाली क्रिकेट टोलीले आफ्नो तयारी ( फोटोफिचर )

भदौ २६ , अनलाइन खेलखबर ।। अब एक पछि अर्को अन्तराष्टिय क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टोलीले सहभागिता जनाउँदै छ । जसअन्तर्गत नेपालले पहिलो सिगांपुर भ्रमण र त्यसपछि लगत्तै नेपाली टोली ओमान भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

दुई अन्तराष्टिय भ्रमण पछि नेपालले घरमै आयोजना हुन् गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) खेल्दैछ । यसरी एक पछी अर्को अन्तराष्टिय प्रतियोगिता हुँदै गर्दा नेपालले अहिले समग्रमा तयारीमा जुटिरहेको अबस्था छ ।

अब नेपालले सिंगापुर क्रिकेट एसोसिएसनको आयोजनामा नेपाल , सिगांपुर र जिम्बाबे बीचको त्रिकोर्णात्मक सिरिज खेल्नेछ जुन आउँदो सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म हुनेछ ।

सिगापुरपछि नेपाली टोलि ओमान प्रस्थान गर्नेछ । जहाँ अक्टोबर ५ देखी १० सम्म् ५ राष्ट सम्मलित टि- ट्वान्टी सिरिजमा सहभागिता जनाउने छ ।
ओमानमा हुने टि – ट्वान्टी प्रतियोगितामा आयोजक ओमान सहित नेपाल, हङकङ , आयरल्याण्ड र नेदरल्यान्डले सहभागी जनाउने छ्न ।

त्यसपछि आउदो मङ्गसिर १५ देखि २४ गतेसम्म नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुद ( साग ) नेपालले खेल्ने अर्को प्रतियोगिता हुनेछ । सागको तयारीमा रहेको नेपाली टोलीलाई सिगांपुर र ओमान भ्रमणले थप टेवा पुर्याउने बिश्वास गरिएको छ ।

र यिनै प्रतियोगितालाई लिएर नेपालले अहिले तिब्रगतिमा आफ्नो तयारी गरिरहेको अबस्था छ ।

अब हेर्नुहोस फोटोमा नेपालको तयारी

प्रतिक्रिया दिनुहोस्