तस्बीरमा हेर्नुहोस !  च्याम्पियन ईङ्गल्याण्डको एतिहासिक दिन

तस्बीरमा हेर्नुहोस ! च्याम्पियन ईङ्गल्याण्डको एतिहासिक दिन

असार २९ , अनलाईन खेलखबर || क्रीकेटको जन्मदाता ईङल्याण्डले एतिहासिक सफलता हात पार्ने क्रममा पहिलो पटक विश्वकपको उपाधि उचालेको छ ।

१२ औँ सस्करण सम्म विश्वकप आईपुग्दा ईङल्याण्डले चौथो प्रयासमा यो सफलता हात पारेको हो । यसअघि सन १९७९ , १९८७ र १९९२ मा ईङल्याण्ड उपाधि नजिक पुगेर फाईनलमा निराश हुँन पुगेको थियो ।

आईतबार भएको आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेलमा न्युजील्याण्डलाई रोमाञ्चक खेलमा सुपर ओभरमा पराजित गर्दै ईङल्याण्ड विश्वकपको च्याम्पियन बनेको हो ।

भने न्युजिल्याण्ड पुन : दुर्भाग्यपूर्ण फाइनलमा निराश हुँन पुगेको छ । अघिल्लो संस्करणमा पनि फाइनलमा पुगेको न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित हुन हुँन पुगेको थियो ।

खेलमा न्युजील्याण्डले प्रस्तुत गरेको २ सय ४२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली ईङल्याण्ड निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ४१ रनमा सिमित हुँन पुगेपछि खेल सुपर ओभरमा गएको थियो ।

अन्तिम ओभरमा जितका लागि १५ रनको आबस्यकता हुदाँ ईङल्याण्डले १४ रन बनाएपछी खेलमा रोमाञ्चकता थपिएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ईङल्याण्डले १५ रन बनायो र न्युजिल्याण्ड पनि १५ रनमा सिमित हुन पुगेपछी ईङल्याण्डले ईनिगमा धेरै ब्राउन्ड्री प्रहार गरेको आधारमा जित दर्ता गर्दै ईतिहास रच्यो ।

यता विश्वकपको प्लेयर अफ द सिरिज न्युजिल्याण्डका कप्तान कानि विलियम्सन घोषित भए ।

पूरा समाचार : ईङल्याण्डलाई ऐतिहासिक सफलता : ईङ्ल्याण्डले उचाल्यो पहिलोपटक विश्वकपको उपाधि

अब हेर्नुहोस फोटोमा यो ऐतिहासिक दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *