onlinekhelkhabar.com

Complete website for Nepali Sports News

फोटोमा हेर्नुहोस् ! फुटबल टोलीको कोरोना परीक्षण

काठमाडौं ( अनलाइन खेल खबर ) । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका खेलहरु खेल्न तयारीमा जुट्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको कोरोना पीसीआर परीक्षण सुरु गरिएको छ ।

लगनखेल स्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार कुल २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो दिन उपत्यका बाहिरका ११ जना खेलाडी, प्रशिक्षक किरण श्रेष्ठ , फिजियो आविष्कार पुडासैनीकोसहित ६ जना होस्टल स्टाफ , २ जना सरसफाइ गर्ने कर्मचारी र ४ जना केयर टेकरको प्ररीक्षण गरिएको छ ।अब बाँकी सबैको मंगलबार परीक्षण गरिने एन्फाले जानकारी दिएको छ ।

राष्ट्रिय टोलीलाई भदौं १ गतेबाट विश्वकप छनोटको तयारीमा जुटाउन लागिपरेको एन्फाले अहिले सबै खेलाडीहरुलाई क्वारेन्टिनमा राखेको छ । जस अन्तर्गत काठमाडौं उपत्यका बाहिरका ११ जना खेलाडीहरु होटलमा र उपत्यकाका २२ जना खेलाडीहरु घरमा नै बसिरहेका छन्।

विश्वकप छनोट अन्तर्गत नेपालले अब मात्र तीन खेल खेल्न बाँकी रहेको छ । सबै खेल घरेलु मैदानमा हुनेछ । अब नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ । भने त्यसको ५ दिनपछि असोज २७ गते अष्ट्रेलियासँग र कात्तिक २७ गते जोर्डनसँग खेल्ने खेल तालिका रहेको छ ।

यसअघि छनोट खेलमा नेपालले ५ खेल खेलिसकेको छ । जसमा नेपालले मात्र एक खेलमा जित निकाल्दा बाँकी ४ खेल गुमाएको छ । नेपालले एक मात्र जित चाइनिज ताइपेईविरुद्ध हासिल गरेको थियो । उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो ।

अब फोटोमा हेर्नुहोस् ! फुटबल टोलीको कोरोना परीक्षण

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *