भुटानमाथि नेपालको फराकिलो जित

भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली यु -१५ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा भुटानको यु – १५ टिमलाई पराजित गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

नेपालको जितमा अमिसा कार्कीले ह्याट्रिक गर्दा प्रिती राईले २ र सुनकली राईले १ गोल गरेका थिए ।

खेलमा नेपालकी सुनकली राईले खेलको ५ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन । त्यसपछि नेपालले दोस्रो गोल खेलको १२ औं मिनेटमा गरेको थियो ।

टिमका लागी दोस्रो गोल अमिसा कार्कीले गरेकी थिईन ।

त्यसपछि खेलको १४ औं मिनेटमा भुटानले एक गोल फर्कायो । भुटानका लागी कप्तान डेकी लाजोमले गोल गरेकी थिईन ।

भुटानले एक गोल फर्काएपछी २-१ ले अग्रता बनाईरहेको नेपालले खेलको ४४ औं मिनेटमा तेस्रो गोल गर्दा पहिलो हाफमा नेपाल ३-१ ले अगाडी रहेको थियो ।

टिमका लागी तेस्रो गोल टिमकी कप्तान प्रिति राईले गरेकी थिईन ।

पहिलो हाफमा ३-१ ले अगाडी रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल थप्यो ।

जसमा खेलको ४८ र ५४ औं मिनेटमा अमिशाले गोल गरिन भने ८९ औं मिनेटमा प्रिति राईले गोल गर्दा समग्रमा नेपालले खेल ६-१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यसपछि नेपालले अब बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *