बार्सिलोनाको अर्को सहज जित : मेस्सीको नाममा एक गोल
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा साविकको विजेताको समेत रहेको बार्सिलोनाले डिपोर्टिभो अल्भेसमाथि सहज जित हासिल गरेको छ ।
गएराती बार्साको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्साले सहज जित निकाल्ने क्रममा डिपोर्टिभो अल्भेसलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
खेलमा बार्सालाई जिताउँन एंटोनी ग्रीजम्यान , आर्टुरो विडाल ,लियोनेल मेस्सी ,लुइस सुआरेज ले गोल गरेका थिए ।
खेलमा टिमले सुरुवाती खेलको १४ औं मिनेटमा लिएको थियो । जसमा टिमलाई सुरुवाती अग्रता दिने क्रममा ग्रीजम्यानले गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफको अन्त्यतिर बार्साले अर्को गोल गर्यो । टिमका लागी दोस्रो गोल आर्टुरो विडालले गरेका थिए ।
पहिलो हाफमा २-० ले अगाडी रहेको बार्सा दोस्रो हाफमा सुरुवाती अवस्थामा गोल खान पुग्दा खेल रोचक बन्ने आकंलन गरिएको थियो ।
खेलको ५६ औं मिनेटमा अल्भेसका पोन्सले गोल गर्दै अग्रतालाई २-१ ले घटाएका थिए । त्यसपछि भने बार्सा खेलमा हाबी हुन पुग्यो ।
त्यसको फलस्वरुप बार्साले त्यसपछि दुई गोल थप्यो । बार्साका लागी लियोनेल मेस्सीले खेलको ६९ औं मिनेटमा तेस्रो गोल गर्दा खेलको ७५ औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत चौथो गोल गरेका थिए ।
यो जितसँगै बार्सीलोना अंकतालिकाको शीर्ष स्थानमा नै कायम रहेको छ । अहिलेसम्म बार्सिलोनाले १८ खेल खेल्दै ३९ अंक जोडेको छ ।
यता पराजित हुन पुगेको अल्भेस १९ अंकका साथ अंकतालिकाको १५ औं स्थानमा रहेको छ ।