onlinekhelkhabar.com

Complete website for Nepali Sports News

म्याच फिक्सिङको आरोप लागेका फुटबलर सागर थापासहित ६ जनालाई सफाइ : सफाइ पाएपछि सागर भन्छ्न – अब फुटबलमा फर्किन्छु

जेठ २४ , अनलाईन खेलखबर || विभिन्न अन्तर्राष्ट्रिय खेल हरुमा रकम लिएर म्याच फिक्सिङ अर्थात मिलेमतो गरिएको भन्दै राज्यविरुद्धको अपराध मुद्दामा आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई विशेष अदालत ले सफाई दिएको छ ।।

फाईल फोटो

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पुर्ब कप्तान थापा सहित अन्जन के.सी., पूर्व गोलकिपर रितेश थापा र विकास सिंह क्षेत्री, डेजिब थापा पूर्व उपकप्तान सन्दिप राईलाई सफाई दिने फैसला गरेको छ ।

पूर्व प्रशिक्षक अन्जन केसी भर्खरै सट्टेबाजीको आरोपमा पक्राउ परेका भए पनि धरौटी तिरेर रिहा भएका छन् । २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिवन्धको घोषणा गरिसकेको छ।

विशेष अदालत ले सफाई दिएपछि नेपाल को चर्चित डिजिटल पत्रिकामार्फत सेतोपाटि लाई दिएको प्रतिक्रिया अनुसार उनले पुन फुटबलमा फर्कने बताएका छन् ।

उनले थप भनेका छ्न “मैले जिन्दगी फुटबललाई नै दिएको हो। म फुटबलमै फर्कन्छु। ”

यस्तै उनले अब एसियन फुटबल कन्फिडिरेशन(एएफसी) मा प्रतिबन्ध हटाउन अपिल गर्ने बताए। म्याच फिक्सिङको आरोपमा सागरलगायत पाँच खेलाडीलाई एएफसीले जीवनभर प्रतिबन्ध लगाएको छ।

‘सबैभन्दा पहिला अदालतको आदेश लिएर एएफसीमा प्रक्रिया अगाडि बढाउँछौं’, सागरले भने, ‘हामी लड्छौं। अपिल गर्छौं। हामी एएफसीमा निष्पक्ष छानविनका लागि आवाज उठाउछौं। छानबिनपछि मात्र सजायको भागिदार हुनुपर्छ भन्ने हाम्रो माग हो।’

उनले अदालतमा मुद्दा परेपछिको तीन वर्ष साह्रै गाह्रोसँग बितेको समेत बताए ।

( यो साम्रागी सेतोपाटी को सहयोग मा तयार गरिएको हो – सम्पादक )

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *