साविकको विजेता मनाङको विजयी सुरुवात
काठमाडौं ( अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।
लिगमा पहिलो खेल खेल्ने क्रममा बुधबार मनाङले विभागीय टोली एपीएफलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले जित हासिल गर्ने क्रममा उसका लागि दुवै गोल बिमल विरानाले गरेका थिए ।
खेलमा विमलले पहिलो गोल २८ औँ मिनेटमा गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । र त्यसको ६ मिनेटपछी बिमलले नै दोस्रो गोल गरेपछी खेल मनाङले आफ्नो पक्षमा पार्न सफल भयो ।
यस्तै आजनै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले जाउलाखेलसँग बराबरी खेलेको छ ।