onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान सन्तोष चम्किदा च्यासलको विजयी सुरुवात

काठमाडौं (अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको खेलमा च्यासलले जित हासिल गर्ने क्रममा संकटा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा टिमलाई जिताउँने क्रममा च्यासलका कप्तान सन्तोष शाहुखलले एक्कैले २ गोल गरेका थिए ।

खेलको ४२ औं मिनेटमा सन्तोषले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका सन्तोषले दोस्रो गोल ८६ औं मिनेटमा गरेका थिए ।

योसँगै च्यासलले लिगमा ३ अंक जोड्न सफल भएको छ ।

यस्तै लिग अन्तर्गत आजनै भएको अर्को खेलमा त्रिभुवन आर्मीले फ्रेन्ड्सलाई २–१ ले पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्