onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साबित्रा एक्कैले ९ गोल गरेपछी भारतको टिमको लज्जास्पद हार

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी सातौं प्रधानसेनापती अन्तराष्ट्रिय महिला फुटबलमा नेपालको विभागीय क्लब एपीएफले फराकिलो जित हासिल गरेको छ ।

सोमबार लगनखेलस्थित आर्मी मैदानमा भएको खेलमा एपीएफले भारतको सिक्किम फुटबलमाथि फराकिलो जित हासिल गर्ने क्रममा १८-० ले पराजित गरेको थियो ।

एपीएफका लागी साबित्रा भण्डारीले तेहेरो ह्याट्रिक गरेकी थिईन भने अनु लामाले ४ गोल गरीकी थिईन ।

यस्तै अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गर्न सफल भएकी थिइन ।

गोलको वर्षा भएको खेलमा एपीएफले पहिलो हाफमा १० गोल र दोस्रो हाफमा ८ गोल गरेको थियो ।

पुस ९ गतेसम्म चल्ने यस प्रतियोगिता लिग कम नकआउटको आधारमा सन्चालित छ ।

जसअन्तर्गत प्रतियोगिताको समूह `ए ´मा एपिएफ, प्रदेश १, सिक्किम र आर्मी रहेको छ ।

भने समुह `बी ´मा पुलिस, भुटान, प्रदेश २ र प्रदेश ५ रहेको छ ।

त्यसपछि समूहका शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनल पुग्नेछन।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रो स्थानको टिमले १ लाख प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर पाउनेछिन । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर,फरवार्ड तथा प्रशिक्षकले जनही नगद १०/१० हजार प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्