बदला लिँदै ईतिहास रच्ने दिन

बदला लिँदै ईतिहास रच्ने दिन

काठमाडौं ( अनलाइन खेलखबर ) | १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि आज नेपालले आफ्नो चिरप्रतिद्वन्दी भारतसँग प्रतिष्पर्दा गर्दैछ ।

पोखरा रंगशालामा दिउँसो १ बजेपछि हुने खेलमा नेपाल ईतिहास रच्ने दाउँमा रहँदा भारत नेपाललाई लगातार निराश बनाउँने सोचमा रहने छ ।

यसअघि सदैभ नेपालको उपाधिको तगारो बन्दै आएको भारत नेपालमाथि हाबी हुँदै आएको नजिर रहेको छ । जसको ज्वलन्त उदाहरण यहि सागको लिग चरणमा भेट हुँदा पनि भारतले नेपालमाथि १-० ले जित हासिल गरेको छ ।

पछिल्लो समय यस्तै हुँदै आएको छ , खेलमा टक्कर दिदै आएको भएपनी झिनो अन्तरमा नेपाल निराश बन्दै आएको छ ।

तर नेपाललाई विगतलाई भुल्दै नयाँ ईतिहास रच्ने अवसर भएको छ । घरेलु मैदान , घरेलु समर्थकहरुको पूर्ण साथ र खेलाडीको प्रदर्शनले पनि नेपालको आशा बढाएको छ ।

यसपटक मात्र ४ टिमको सहभागिता रहेको साग महिला फुटबलमा नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो ।

र नेपालले लिगको दोस्रो स्थानमा रहँदै फाइनलमा अपराजित रहेको भारतसँग भेट पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *