
भुटानलाई ऐतिहासिक सफलता : सागमा भुटान पहिलो पटक फाइनलमा
काठमाडौं ( अनलाइन खेलखबर ) | पछिल्लो समय फुटबलमा राम्रो गर्दै आईरहेको भुटानलाई अर्को ठुलो सफलता प्राप्त भएको छ ।
नेपालमा जारी दक्षिण एसियाली खेलकुद ( साग) मा भुटानले ऐतिहासिक सफलता हात पार्ने क्रममा पहिलो पटक फाइनल पुगेको छ ।
योसँगै यसअघि कमजोर निरिह सावित हुँदै आउँने भुटानलाई अब भने एक पदक पक्का भएको छ ।
जिते स्वर्ण अर्को ईतिहास नभए रजत जो भुटान फुटबलको लागी पनि अहिले सम्मकै ठुलो उपलब्धि हुनेछ ।
साग फुटबलमा पहिलो पटक फाइनल पुग्ने क्रममा शनिबार भएको निकै महत्वपूर्ण खेलमा भुटानले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
त्यसअघि भुटानले पहिलो खेलमा बंगलादेश लाई १-० ले पराजित गरेको थियो । भने दोस्रो खेलमा घरेलु टोली नेपालसँग ४-० को फराकिलो हार ब्यहोरेको थियो ।
तर तेस्रो खेलमा माल्दिभ्सलाई २-१ ले पराजित गरेपछी भुटान फाइनल नजिक पुगेको थियो ।
अब भुटानले फाइनलमा नेपाल र बंगलादेश मध्य एक टोलीसँग आउँदो २४ गते फाइनल खेल्नेछ ।
फाइनल पुग्ने दोस्रो टोलीको टुंगो आईतबार नेपाल र बंगलादेशबीचको खेलले गर्नेछ । दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहँदा नेपाललाई पछ्याईरहेको बंगलादेशको ४ अंक रहेको छ ।