onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

साग फुटबल : फाइनल नजिक पुगेको नेपालले आज माल्दिभ्सको सामना गर्दै

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा साविकको विजेता समेत रहेको नेपालले माल्दिभ्ससँग प्रतिष्पर्दा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे १ बजेपछी हुने खेलमा घरेलु टिम स्पस्ट जितको खोजिमा रहने छ ।

तुलनात्मक रुपमा नेपाल भन्दा यस प्रतियोगितामा कमजोर देखिएको माल्दिभ्ससँग नेपाल चनाखो भने हुन जरुरी छ ।

हेर्ने हो भने माल्दिभ्स नेपालमाथि यस्ता महत्वपूर्ण खेलमा अपत्यारिलो नतिजा निकाल्दै आएको विगतका नजिर रहेका छ्न ।

तर यसपटक घरेलु दर्शकहरुको साथमा पनि नेपाली टोली उच्च मनोबलमा रहेका छ्न । भारत खेल्न नआएपछी नेपालको एकमात्र लक्ष्यनै च्याम्पियन बन्ने हो ।

त्यसका लागी नेपाल आज माल्दिभ्सलाई हराउँदै आफ्नो सिट पक्का गर्ने रणनीतिका साथ मैदानमा उत्रिदै छ ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्