onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

माल्दिभ्सलाई हराउँदै नेपाल महिला फुटबलको फाइनलमा प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग ) अन्तर्गत महिला फुटबलमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै फाइनल पुगेको छ ।

प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा नेपालले विहिबार माल्दिभ्सलाई ३-० ले पराजित गर्न सफल भएको छ ।

पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्ने क्रममा नेपालकी स्टाईकर सावित्रा भण्डारीले ह्याट्रिक गोल गर्दै नेपाललाई जित दिलाईन । योसँगै सावित्रा नेपालको तर्फबाट सर्बाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडी समेत बनेकी छिन ।

यसअघि अनु लामा र सावित्राको बराबर ३५ गोल रहेको थियो र यो गोलसहित सावित्राले आफ्नो गोल सङख्या ३८ औं पुर्याएकी छिन ।

खेलमा पहिलो हाफमा दुई गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरिन । खेलमा सावित्राले १८ ,२२ र अन्त्यतिर ईन्जुरी समयमा गोल गरेकी थिइन् ।

पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो र यो जितसँगै नेपाल फाइनल पुगेको हो अब फाइनलमा नेपालले भारतसँग खेल्नेछ । फाइनल खेल आउँदो सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्