भुटान ऐतिहासिक फाइनल नजिक

भुटान ऐतिहासिक फाइनल नजिक

काठमाडौ ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) मा भुटान फाइनल नजिक पुगेको छ ।

बिहिबार दशरथ रंगशालामा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ ले पराजित गरेसँगै भुटान सागको ईतिहासमा पहिलो पटक फाइनल नजिक पुगेको छ ।

भुटानले जारी प्रतियोगितामा पहिलो खेलमा बंगलादेशलाई १-० ले पराजित गर्दा दोस्रो खेलमा भने आयोजक नेपालसँग ४-० ले पराजित भएपनि तेस्रो खेलमा माल्दिभ्सलाई ३-१ ले पराजित गरेपछि भुटान फाइनल नजिक पुगेको हो ।

खेलमा पहिलो हाफ बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा भुटानले शानदार पुनरागमन गर्ने क्रममा खेलको ५५ औं मिनेटमा सुरुवाती गोल गरेको थियो ।

टिमलाई सुरुवाती अग्रता चिमी दोर्जेले दिलाएका थिए त्यसपछी ८४ औं मिनेटमा भुटानले अर्को गोल गर्न सफल भयो । टिमका लागि दोस्रो गोल फुब थिङले गरेका थिए ।

भने खेलको अन्त्यतिर माल्दिभ्सका हम्जा मोहम्मदले सान्त्वना गोल गरेका थिए । भुटानले लिगमा अझै एक खेल खेल्न बाकि रहेको छ ।

अब भुटानले लिगको अन्तिम खेलमा शनिबार श्रीलंकासँग खेल्नेछ । हालसम्म भुटान ३ खेलबाट ६ अंक जोडेर अंकतालिकाको पहिलो स्थानमा रहेको छ ।

भने भुटानलाई नेपालले पछ्याईरहेको छ । नेपाल २ खेलबाट १ मा जित र १ मा बराबरीसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताको प्रावधान अनुसार लिगको शीर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *