onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महिला फुटबल : माल्दिभ्सबिरुद्द नेपाल स्पष्ट जितको खोजिमा

काठमाडौं ( अनलाइन खेलखबर ) | १३ आउनेजाने दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पोखरामा जारी महिला फुटबलमा आज नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पोखरास्थित पोखरा रंगशालामा दिउँसो २ बजेपछी हुने खेलमा नेपाल स्पष्ट जितको खोजिमा रहने छ ।

स्वर्णको आशा गरिएको यस महिला फुटबलले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी भएको थियो ।

तसर्थ आफ्नो दाबेदारीलाई पनि अझ बलियो बनाउन , आफुलाई प्रमाणित गर्न पनि आज नेपालले माल्दिभ्सलाई हराकीलो अन्तरले पराजित गर्न आबस्यक रहेको छ ।

माल्दिभ्सपछि नेपालले लिगको अन्तिम खेलमा सनिबार भारतसँग खेल्नेछ । र लिगका दुई शिर्षस्थानमा रहने टिम फाइनल पुग्नेछन ।

प्रतिक्रिया दिनुहोस्