onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पुरुष फुटबलमा नेपालको शानदार सुरुवात

काठमाडौं (अनलाइन खेलखबर ) | नेपालमा जारी दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ ।

मंगलबार आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई फराकिलो जित हासिल गर्ने क्रममा ४-० ले पराजित गर्न सफल भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले शानदार जित हासिल गर्ने क्रममा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले २ तथा मिक्छेन तामाङ र अभिषेक रिजालले समान १-१ गरेका थिए ।

खेलमा नेपालमा पाँचौ मिनेटमा अग्रता बनाएको थियो । नेपाललाई कप्तान सुजलले अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा अझ ससक्त हुँदै थप ३ गोल गरेको थियो ।

खेलको ५१ औं मिनेटमा नेपालले दोस्रो गोल गरेको थियो । टिमका लागि दोस्रो गोल कप्तान सुजल श्रेष्ठले नै गरेका थिए ।

त्यसपछी नेपालका लागि ६६ औं मिनेटमा अविशेक रिजाल र ७८ औं मिनेटमा मिक्छेनले गोल गरेपछि नेपालले भुटानमाथि शानदार जित हासिल गर्न सफल भएको छ ।

अब प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *