महिला फुटबलमा नेपालको विजयी सुरुवात

महिला फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

फाईल फोटो

प्रतियोगितामा नेपालले विजयी सुरुवात गर्ने क्रममा नेपालले श्रीलंकालाई १-० ले पराजित गर्न सफल भएको छ ।

निकै प्रतिष्पर्दात्मक बनेको खेलमा नेपालले खेलको अन्तिम तिर गोल गर्न सफल भएको थियो । खेलको ८८ औं मिनेटमा सरु भण्डारीले गरेको गोल अन्तत नेपाललाई ३ अंक जोड्न प्रयाप्त बन्यो ।

अब प्रतियोगितामा नेपालले बिहिबार माल्दिभ्ससँग खेल्नेछ । त्यसपछी लिगको अन्तिम खेलमा नेपालले सनिबार भारतसँग खेल्नेछ । र लिगका दुई शिर्षस्थानमा रहने टिम फाइनल पुग्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *