onlinekhelkhabar.com

Complete website for Nepali Sports News

मेस्सीले जिते छैटौंपटक बालोन डी’ओर अवार्ड

एजेन्सी – अर्जेन्टिनाका तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले बालोन डी’ओर अवार्ड छैटौं पटक प्राप्त गर्न सफल भएका छ्न ।

सोमबार राती फ्रान्सको पेरिसमा भएको भब्य समारोहका बीच मेस्सीले यो अवार्ड जित्न सफल भएका हुन ।

उनले यसपटक क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि पार्दै यो अवार्ड जित्न सफल भए ।

र उनि हालसम्मैकै सर्बाधिक धेरै पटक यो अवार्ड प्राप्त गर्न खेलाडी समेत बनेका छ्न । उनलाई अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पछ्याउँदै छ्न । उनले पाँच पटक यो अवार्ड प्राप्त गरेका छ्न ।

वर्ष २०१९ को उत्कृष्ट खेलाडी बनेका मेस्सीले यसअघि २००९ देखी १२ सम्म लगातार र १५ मा यो अवार्ड जितेका थिए ।

यता महिला तर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जित्न सफल हुँदा एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड हात पारे ।

फुटबलको चर्चित तथा प्रतिष्ठित यो अवार्ड विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरिन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *