साग पुरुष फुटबल : आज  नेपाल र भुटान भिड्ने

साग पुरुष फुटबल : आज नेपाल र भुटान भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालमा जारी १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद ( साग ) अन्तर्गत पुरुष फुटबलमा आयोजक नेपालले आज पहिलो खेलमा भुटानको सामना गर्दैछ ।

दिउँसो १ बजेपछि दशरथ रंगशालामा हुने खेलमा पछिल्लो समयमा यस क्षेत्रमा फुटबलमा उदाउदै गरेको भुटानसँगको खेलमा नेपाल स्पष्ट जितको खोजीमा रहने छ ।

प्रतियोगितामा सुखद सुरुवात गर्ने नेपालले सोच बनाईरह्दा भुटान पनि सके जित नभए बराबरीमा भएपनि खेललाई धकेल्न चाहनेछ ।

भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले निराश बनाईसकेको अबस्थामा मनोबल पनि राम्रो रहेको छ । यस्तोमा आज हुने खेलमा नेपालले पहिलेको जस्तो भुटान सम्झिनु गलत सावित हुन् सक्छ र त्यसको पूर्ण ध्यान राख्दै उच्च रणनीतिका साथ मैदानमा उत्रिन जरुरी रहने छ ।

यो खेल पछी नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेलमा आउँदो शनिबार माल्दिभ्ससँग र लिगको अन्तिम खेल आईतबार बंगलादेश खेल्नेछ ।

लिगका शीर्षस्थानमा रहने दुई टिम फाइनल पुग्नेछन । फाइनल खेल आउँदो २४ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *